धरान । डिपो स्कुलको खेल मैदानमा संचालित ‘१९औं अम्बर ललित डिपो कप’ अन्तर्गत आइतबार सम्पन्न खेलमा इमानुयल वोडिङ्ग, दिल्ली पब्लिक, माउण्ट हर्मन र हिविस्कस इङ्गिलिस स्कुल विजयी भएका छन् ।
इमानुयलले समिट स्कुललाई ६-० गोल अन्तरले पराजित गरेको छ । इमानुयलका सौगात श्रेष्ठ एक्लैले ५ गोल गरेका थिए । विकेश विष्टले एक गोल गरे ।
दोस्रो खेलमा दिल्ली पब्लिक स्कुलले नोवेल एकेडेमिलाई टाइवेकरमा ४-३ गोलले गर्यो । टाइवेकरमा दिल्ली पब्लिकका रोहन लिम्बु, सार्थक खवास, रिवन राई र आर्नभ जिमीले गोल गरे । नोवल एकेडेमिका साहिल राई, रेहान रसाइली र डेनिल लिम्बुले गोल गरे ।
तेस्रो खेलमा आयोजक डिपोलाई माउण्ट हर्मनले ३-० गोलले पराजित गर्यो । माउण्ट हर्मनका युजल सेवाले ह्याट्रिक गरेका हुन ।
अन्तिम खेलमा हिविकस स्कुलले सुनाखरी स्कुललाई १- ० गोलले पराजित गरे । हिविकसका याकुस तामाङले गोल गरेका थिए । खेलमा समिट स्कुलका हसिव देव, नोवेल एकेडेमिका साहिल राई, डिपो स्कुलका कसम राई र सुनाखरि स्कुलका तान्छो याक्खा म्यान अफ द म्याच घोषित भए ।
सोमवार सुरु हुने दोस्रो चरणको खेलमा आयोजक डिपो स्कुल रेड र प्रभात स्कुल र काम्रेल हाइ स्कुल र पुलिस स्कुल बिच प्रतिस्पर्धा हुनेछ ।
धरानस्थित डिपो स्कुलको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको फाइनल खेल पुष १९ गते हुनेछ । कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको छ ।
