काभा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि भारतीय टोली क्यालिकट हिरोजले चुमेको छ।
त्रिपुरेश्वरस्थित दशरथरंगाशालाको कभर्ड हलमा आज भएको फाइनलमा घरेलु टोली हेल्प नेपाल स्पोर्ट क्लबलाई ३-१ को सेटमा हराउँदै क्यालीकटले उपाधि उचालेको हो ।
पहिलो सेट क्लालिकटले २५-२१ ले पक्षमा पारेपनि दोस्रो सेट हेल्प नेपालले २६-२४ ले कब्जा गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो । त्यसपछिका तेस्रो सेट २५-१४ र चौथो सेट २५-१७ ले जित्दै क्यालीकटले सानदार शैलीमा उपाधि माथी कब्जा जमायो ।
क्यालिकट हिरोजले इरानको टोलीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने माल्दिभ्सको क्लब एचडिसीलाईको सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले फाइनलमा स्थान बनाउको थियो ।
