काठमाडौं । तार्केश्वर युवा क्लबको आयोजनामा स्युचाटार इन्डोर क्रिकेट लिग पुस १२ गतेदेखि हुने भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा कम्तिमा १६ टिमको सहभागिता रहने प्राविधिक संयोजक रविन्द्र गुप्ताले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख रुपैयाँ खर्च हुने आयोजक क्लबका अध्यक्ष सन्तोष बुढागथोकीले बताए । चारदिने प्रतियोगिताका खेलहरु स्युचारटारमा हुनेछ ।
प्रतियोगितामा सहभागि क्लबले १० जनासम्म खेलाडी आफ्नो टोलीमा राख्न पाउने छन् । यस्तै क्लब दर्ता शुल्क १० हजार रहेको प्रतियोगितामा स्थानीयदेखि राष्ट्रियस्तरका खेलाडी समावेश गर्न पाइने छ ।
प्रतियोगितालाई काठमाडौं जिल्ला क्रिकेट संघले प्रविधिक सहयोग गर्नेछ ।
