ललितपुर । ललितपुरमा आगामी पुस २२ गतेदेखि दोस्रो संस्करणको ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

कुसुन्ती युवा क्लब तथा ललितलपुर महानगरपालिका वडा-१३ स्तरिय युवा क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगिता पुस २२ देखि २९ सम्म हुने भएको छ ।

आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत प्रततियोगिताको बारेमा जनाकरी दिएको हो ।

जावलाखेल मैदानमा हुने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहने आयोजकको अनुमान छ । यस्तै प्रतियोगितामा सहभागिताको लागि हालसम्म २२ टोलीले नाम दर्ता गराइसकेका छन् ।

प्रतियोगितामा सहभागिताका लागि १० हजार रुपैयाँ तिरेर नाम दार्ता गर्न सकिने आयोजकले बताएको छ । उपत्याबाहिरबाट नवलपुर र वीरगन्जका टोलीले सहभागिता जनाउने र उनीहरुको दर्ता शुल्क नलिइएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी टोलीले ४० वर्षभन्दा माथिका चार, ४५ वर्षभन्दामाथिका तीन र ५० वर्षभन्दामाथिका एक खेलाडी खेलाउनु पर्नेछ ।

प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, रक्षक र फरवार्डलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

अनुमानित बजेट १८ लाख रुपैयाँ रहेको प्रतियोगिताका सञ्चालनका लागि ललितपुर महानगरपालिका वडा-१३ ले ५ लाख रुपैयाँ सहजयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *