ललितपुर । थ्री स्टार क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा बुधबार मनाङ मर्स्याङ्दी क्लबमाथि २-१ को जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा थ्री स्टारलाई विजयी गराउन न्युसन राई र रोमन श्रेष्ठले समान एक गोल गरे । मनाङका लागि अमृत बस्यालले एक गोल फर्काए ।

न्युसनले खेलको १९औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसैगरी ६०औं मिनेटमा रोमनले गोल गरेपछि थ्री स्टारले २ गोलको अग्रता बनाएको थियो । खेलको इन्जुरी समयमा अमृतको गोलमार्फत मनाङले पुनारागमनको प्रयास गरेपनि जित हासिल गर्न सकेन ।

जितसँगै २१ खेलमा ४० अंक जोडेको थ्री स्टार तेस्रो स्थानमा उक्लिएको छ । मनाङ समान खेलबाट २५ अंकका साथ आठौं स्थानमा छ । दुबै टोलीले लिग चरणको अन्तिम एक खेल खेल्न मात्र बाँँकी रहेको छ ।

बुधबारै सम्पन्न पहिलो खेलमा जावलाखेल युथ क्लब र एफसी खुमलटारले गोलरहित बराबरी खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *