पथरी । पथरीशनिश्चरे नगरपालिका लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार प्रस्तावित बुद्ध रंगशालामा भएको खेलमा पथरीशनिश्चरेले मिक्लाजुङ पालिकालाई १-० ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो ।

पथरीशनिश्चरेका लागि सनम धिमालको निर्णायक गोल गरेका थिए । खेलको ५६औं मिनेटमा मैदानको मध्य क्षेत्रबाट आएको पासलाई सनमले जाली चुमाए ।

खेलको म्यान अफ दि म्याच बिजयी टिमका संन्जय लिम्बु घोषित भए । प्रतियोगिताअन्तर्गत मंगलबार लेटाङ नगरपालिका र केराबारी गाँउपालिकाबीच खेल हुनेछ ।

उज्यालो जिवन प्रतिष्ठान र चिसाङ भ्याली क्लबले आयोजना गरेको प्रतियोगिताको बिजेताले नगद १ लाख र ट्रफि प्राप्त गर्ने छ भने उपबिजेताले ५० हजार नगद प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *