भियतनाममा नेपाललाई आठ पदक

२०८१, २४ मंसिर सोमबार २१:०७

भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपालले चार स्वर्ण, एक रजत र तीन कांस्य गरि आठ पदक जितेको छ ।

निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका छन् । निशार जितको जोडी ३० वर्षमुनिमा स्वर्ण पदक जिते । यसैगरी पुम्सेको ३० वर्षमुनिमा महिलातर्फ निशा र पुरुर्षतर्फ जितबहादुरले स्वर्ण पदक चुमे ।

टोलीकी प्रशिक्षक आयशा शाक्यकाअनुसार रोजेन प्रजापतीले जुनियर पुस्सेमा स्वर्ण पदक हासिल गरेका छन् । यसैगरी प्रेमबहादुर लिम्बुले ३० वर्षमुनिमा रजत पदक हात पारे । यस्तै अन्जना चौधरी, रमिला लामा र अस्मिन राउतले कांस्य पदक जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *