वर्ल्ड ऱ्यापिड एण्ड ब्लिट्ज च्याम्पियनसिपमा ड्रेस कोड उल्लङ्घन गरेको भन्दै पाँच पटकका विश्व चेस च्याम्पियन म्याग्नस कार्लसनलाई पहिले जरिवाना र त्यसपछि अयोग्य घोषित गरिएको छ ।

अन्तर्राष्ट्रिय चेस फेडेरेसन अर्थात् फिडेले उनको विरुद्धमा यो कदम उठाएको हो ।

कार्लसन जिन्स लगाएर च्याम्पियनसिपमा आएका थिए । आफ्नो खेलको आठौँ राउन्ड पछि, कार्लसन जिन्स लगाएर नयाँ राउन्ड खेल्न आए। तर फिडेले यो ड्रेस कोडको उल्लङ्घन भएको बतायो। उनलाई लुगा परिवर्तन गरेर फर्किन भनियो । तर उनले अस्वीकार गरे ।

यसका लागि उनलाई पहिले २०० डलर जरिवाना लगाइयो र त्यसपछि उनी प्रतियोगिताको लागि अयोग्य घोषित भए । नर्वेजियन चेस खेलाडी म्याग्नस कार्लसन हाल फिडे विश्व चेस प्याकिङमा पहिलो नम्बरमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *