काठमाडौँ । क्षितिज खनाल र शोभा गौचनको जोडी जारी योनेक्स सनराईल नेपाल ईन्टरनेशनल च्यालेन्ज २०२४ मिक्स युगलको अन्तिम आठमा प्रवेश गर्न सफल भएसंगै नेपालको खातामा कम्तिमा एक कास्य पक्का भएको छ ।

क्वाटरफाइनलमा खनाल र गौचनको जोडीको भेट ओलम्पियन प्रिन्स दाहाल र रसिला महर्जनको जोडीसंग हुने भएको छ । थाईल्याण्डले खेलबाट आफ्नो नाम फिर्ता लिए पश्चात प्रिन्स र रसिलाको जोडीले क्वाटरफाईनलमा स्थान पक्का गरेका थिए ।

आज सम्पन्न खेलमा खनाल र गौचनको जोडीले श्रीलंकाका थुलिथ पल्लियागुरु र पान्चाली अधिकारीको जोडीलाई १८-२१, २४-२२ र २४-२२ को कठिन जित निकाल्दै क्वाटरफाईनलमा स्थान पक्का गरेका हुन् ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको च्यालेन्जको आज भएको अन्य खेलमा नेपाली खेलडीहरुले निरासाजनक प्रदर्शन गरे । मिक्स युगल तर्फकै अन्य खेलमा देव राना र शेष्ना सिर्पालीको जोडी थाईल्याण्डका नोन्ताकोर्न थोङ्ग-अन र कोडचापोर्न चाईछानाको जोडीसंग २१-९, २१-१४, भोजबहादुर गुरुङ्ग र अन्जना राईको जोडी युएसएका प्याट्रिक ची र नाताली चीको जोडीसंग २१-११, २१- ८, अमन महर्जन र निता लम्सालको जोडी भारतका मोहित जगलान र लक्षिता जगलानको जोडी संग २१- १०, २१-१२ तथा सुनिल जोशी र एलिना सुनारको जोडी थाईल्याण्डका अपिचासित थिराविवत र पन्नवी पोलियामको जोडीसंग २१-८, २१-६ ले पराजित भए ।

योनेक्स सनराईज सिंगापुरको मुख्य प्रायोजनामा भएको च्यालेन्जको पुरुष युगल तर्फ नेपालको आशालाग्दा खेलाडी तथा ओलम्पियन प्रिन्स दाहाल र श्रीलंकन दुमिन्दु अवेविक्रमेको जोडीले पनि नेपालको लागि खुसी दिलाउन सकेनन् । उक्त जोडी पहिलो सेटमा २१-१७ ले पराजित भए पश्चात दोश्रो सेटमा २३-२१ ले आफ्नो पक्षमा पार्न सफल भई केहि आशा दिलाएता पनि तेश्रो तथा अन्तिम सेट २१-१५ ले गुमाउँदै पराजित हुन पुगे ।

यस्तै पुरुष युगल तर्फको अन्य खेलमा क्षितिज खनाल र देवराज रानाको जोडी भारतका आर्य थाकोर र ध्रुव थाकोरको जोडी संग २१-७, २१-१०, भोजबहादुर गुरुङ्ग र प्रफुल महर्जनको जोडी भारतकै विप्लभ कुभाले र विराज कुभालेको जोडी संग २१-१३, २१-१६ र सुनिल जोशी र अमन महर्जनको जोडी थाईल्याण्डका नारुत सेङ्गखाम र अपिचासित थिराविवत संग २१-८ र २१- १० ले पराजित भए ।

महिला युगल तर्फको खेलमा नेपालकी नम्बर एक खेलाडी रसिला महर्जन र अमिता गिरीको जोडी श्रीलंकाका हसिनी अबलङ्ग‌गोदागे र हसरा विजयरत्नेको जोडीसंग २१-११, २१-१७ र शोभा गौचन र शेष्ना सिरपालीको जोडी श्रीलंकाकै जनानुवानी अमान्दा र निलासी वालासुरियाको जोडीसंग २१-१८, २१-१४ ले पराजित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *