काठमाडौं । तेक्वान्दो प्रशिक्षक संगिना वैद्यलाई काठमाडौं महानगरपालिकाले शनिबार नगदसहित सम्मान गरेको छ ।
तेक्वान्दो खेलमार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्याएको योगदानको कदर गर्दै महानगर दिवसका अवसरमा संगिनालाई सम्मान गरिएको हो।
संगिनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले १ लाख ५० हजार रुपैयाँसहित सम्मान गरे ।
छनोट भएर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी संगिना एसियाली तेक्वान्दो च्याम्पियनसिपकी स्वर्ण पदक विजेता हुन् । संगिनाले आठौं र नवौं दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण पदक जितेकी छन् ।
