इटालियन सिरी ‘ए’ मा नापोलीले शीर्ष स्थानको एटलान्टासँग अंक बराबरी गरेको छ ।

आइतबार राती भएको खेलमा भेनेजियालाई १-० ले हराउँदै नापोलीले शीर्ष स्थानको एटलान्टासँग अंक बराबरी गरेको हो । यो सँगै सिरी’ए रोचक बन्दै गएको छ ।

घरेलु मैदानमा नापोलीलाई जित दिलाउन जिआकोमो रास्पोडोरी निर्णायक गोल गरे । उनले खेलको ७९औं मिनेटमा गोल गर्दै नापोलीलाई जित दिलाए ।

अंक बराबरी भए पनि गोल अन्तरका आधारमा नापोली एक स्थान पछि छ । शीर्ष स्थानको एटलान्टाको गोल अन्तर २३ हुँदा नापोलीको १५ छ । गोल अन्तरका आधारमा समान ४१ अंक भए पनि एटलान्टा पहिलो र नापोली दोस्रो स्थानमा छन् । ४० अंक जोडेको इन्टर मिलान तेस्रो स्थानमा छ ।

आइतबार राती नै भएका अन्य खेलमा युभेन्टस र फायोरेन्टिनाले २-२, एसी मिलान र एएस रोमाले १-१ तथा यूडिनिज र टोरिनो २-२ को बराबरी खेल्दै अंक बाँडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *