इङ्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित हासिल गरेको छ ।
लिभरपुलले आइतबार घरेलु टोली साउथह्याम्पटनविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ ।
सेन्ट म्यारी रंगशालामा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई र डोमिनिक स्जोबोस्जलाइले एक गोल गरे । साउथह्याम्पटनका लागि एडम आर्मस्ट्रङ र म्याथ्यु फर्नान्डेसले गोल फर्काए ।
खेलको ३०औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । १२ मिनेटपछि आर्मस्ट्रङले खेललाई बराबरीमा ल्याए ।
फर्नान्डेसले ५२औं मिनेटमा गोल गर्दा साउथह्याम्पटन २-१ ले अगाडि बढ्यो । ९ मिनेटपछि सलाहले लिभरपुलका लागि बराबरी गोल फर्काए ।
सलाहले ८३औं मिनेटमा पेनाल्टीमार्फत व्यक्गित दोस्रो गोल गर्दै लिभरपुललाई रोमाञ्चक जित दिलाए ।
जितसँगै लिभरपुलले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । १२ खेलबाट लिभरपुलको ३१ छ । समान खेलबाट २३ अंक रहेको म्यानचेस्टर सिटी दोस्रो तथा २२ अंक रहेको चेल्सी तेस्रो स्थानमा छ । साउथह्याम्प्टन १२ खेलबाट ४ अंक सहित तालिकाको पुछारमा छ ।
