क्रिष्टियानो रोनाल्डोको दुई गोलमा अल नासरले एएफसी च्याम्पियन्स लिगमा जित निकालेको छ
सोमबार राति भएको खेलमा अल नासरले अल घरफालाई ३-१ ले हरायो । साउदी प्रो लिग क्लब नासरको जितमा रोनाल्डोले दुई तथा एन्जेलो गाब्रिअलले एक गोल गरे ।
जितपछि अल नासर १३ अंक जोड्दै दोस्रो स्थानमा छ । क्वार्टरफाइनलमा स्थान बनाउँन अर्को खेल जित्नुपर्ने हुन्छ । अल अहली १५ अंक बनाउँदै शीर्ष स्थानमा रहेर क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पराजित अल घरफा ४ अंकसहित आठौं स्थानमा छ ।
कतारी टिमविरुद्ध रोनाल्डोले ४६औं मिनेटमा अग्रता दिलाएका हुन् । ५८औं मिनेटमा गाब्रिअलले दोस्रो गोल गरेका हुन् । ६४औं मिनेटमा रोनाल्डोले ब्यक्तिगत दोस्रो गोल गरेका थिए । जासेलुले ७५औं मिनेटमा कतारी टिमको लागि गोल गरेका हुन् ।
