डच क्लब आयाक्सले युइएफए युरोपा लिगमा जारी सिजन आफ्नो अपराजित यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ ।
घरेलु मैदान जोहान कुइजफ एरिनामा बिहीबार आयाक्सले इजरायालको मकाबी तेल अभिव क्लबलाई ५-० गोल अन्तरले पराजित गर्यो । आयाक्सलाई जितमा बर्दान्ड ट्राओरे, केनेथ टेलर, मिका गोडट्स, ब्रायन ब्रोबी र कियान फिट्ज-जिमले गोल गरे।
खेलको १४ औं मिनेटमा ट्राओरेको गोलमार्फत आयाक्सले अग्रता लिएको थियो । १३ मिनेटपछि टेलरले टोलीको अग्रता दोब्बर बनाए ।
गोडट्सले ३९औं मिनेटमा गोल गर्दा आयाक्स ३-० ले अगाडि बढ्यो । ६१औं मिनेटमा ब्रोबीले टोलीका लागि चौथो गोल गरे । सात मिनेटपछि जिमले गोल गर्दै आयाक्सलाई ५-० को फराकिलो जित निकाल्यो ।
जितसँगै चार खेलमा १० अंक जोडेको आयाक्स दोस्रो स्थानमा उक्लिएको छ । चारै खेलमा पराजित मकाबी विना अंक ३५ औं स्थानमा छ ।
