अलेक्जान्डर मिट्रोभिकले ह्याट्रिक प्रेरित अल हिलालले एएफसी च्याम्पियन्स लिगमा सोमबार राती इरानी क्लब इस्टेगलालमाथि ३-० को सहज जित निकालेको छ ।

अल हिलालका लागि अलेक्जान्डर मिट्रोभिकले ह्याट्रिक पूरा गरे । उनले खेलको १५, ३३ र ७४औं मिनेटमा गोल गरे ।

यस्तै यस खेलमा ब्राजिलियन स्ट मार मैदान फर्किएको साता दिनमै घाइते भएका छन् । नेयमार खेलको ५८औं मिनेटमा अब्दुल्लाह अल हम्दानको स्थानमा मैदान प्रवेश गरेका थिए। तर, घाइते भएपछि ८७ औं मिनेटमा मैदानबाट बाहिरिएका हुन ।

नेयमार यसअघि च्याम्पियन लिगमै अल ताइविरुद्ध नेयमारले एक वर्षपछि पुनरागमन गरेका थिए । पुनः सोमबार राति घुँडामा समस्या देखिएपछि नेयमारले विश्राम लिनुपर्ने भएका छ ।

जितसँगै अल हिलालले चार खेलमा १२ अंक हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ । त्यसैगरी इस्टेगलालको चार खेलमा तीन अंकसहित लिगमा सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *