बिराटनगर सिटी फुटबल क्लब सिरहाको बन्दीपुरमा जारी तेस्रो कार्तिकेय कुमार गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको तेस्रो क्वाटरफाइनल खेलमा बिराटनगरले बन्दीपुर युथ क्लब सिराहालाई ३-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

बिराटनगरलाई जित दिलाउन ग्लोरी जोनास, एलेक्स विलियम्स र निमास फुयोलले समान एक-एक गोल गरेका थिए । खेलमा बिराटनगरका ग्लोरी जोनास म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत आइतबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल झापा फुटबल क्लब झापा र सलहेश युवा क्लब सिराहाबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *