डानी ओल्मोको दुई गोल प्ररित खेलमा बार्सिलोनाले सहज जित निकालेको छ ।

स्पेनिस ला लिगा अन्तर्गत आइतबार स्टेडिओ ओलम्पिक लुइस मैदानमा घरेलु टोली बार्सिलोनाले स्पान्योलमाथि ३-१ को जित निकाल्दै ९ अंंकको अग्रता बनाएको छ ।बार्सिलोनाको जितमा डानी ओल्मोले २ गोल र राफिनहाले १ गोल गरे ।

पहिलो हाफमै तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा कुनै पनि गोल भने गर्न सकनेन । यता, स्पान्योलका लागि जाभी पुआडोले ६३औं मिनेटमा गरेको गोल सान्त्वना बन्यो ।

ओल्मोले खेलको १२औं र ३१औं मिनेटमा गोल गरे भने राफिनहाले २३ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै १२ खेलबाट ३३ अंक जोडेको बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ९ अंकले अघि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *