युइएफए नेसन्स लिगमा पोर्चुगल र क्रोएसियाले बराबरी खेलेका छन् । सोमबार राती भएको खेलमा पोर्चुगल घरेलु टोली क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
पोर्चुगलका लागि खेलको ३३ औं मिनेटमा जोआओ फेलिक्सले शुरुआती अग्रता दिलाएका थि ए। यता, क्रोएसियाका लागि जोसका ग्भार्डिओलले खेलको ६५ औं मिनेटमा बराबरी गोल गरे ।
यस खेलमा पोर्चुगलले क्रिस्टियानो रोनाल्डो लगायत सिनियर खेलाडीलाई विश्राम दिएको थियो ।
जितसँगै पोर्चुगल समूह ए मा शीर्ष स्थानमा रहँदै नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै क्रोएसिया भने दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको छ । क्रोएसियाको ६ खेलमा ८ अंक रहेको छ।
त्यस्तै यस समुहबाट स्कटल्याण्ड ७ अंकसहित तेस्रो रहँदा रेलिगेसन प्लेअफ खेल्ने भएको छ भने पोल्याण्ड ४ अंकसहित चौथो हुँदै नेसन्स लिग बी मा रेलिगेट भएको छ ।
