चेल्सीको आठ गोल

२०८१, २३ कार्तिक शुक्रबार ०९:२३

इङ्ग्लिस प्रिमियर लिग क्लब चेल्सीले युरोपियन कन्फेरेन्स लिगमा अल्मेनियाको एफसी नोअहविरुद्ध ८-० को फराकिलो जित निकालेको छ ।

बिहिबार राति घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले गोलको वर्षा गरेको हो । चेल्सीको जितमा जोआओ फेलिक्स र क्रिष्टोफर एकुन्कुले समान दुई गोल गरे ।

टोसिन एडाराबिओयो, मार्क गुउ, एलेक्स डिजासी, मेकाइलो मुड्रिकले समान एक गोल गरेका थिए । कमजोर देखिएको अल्मेनियाको नोअहविरुद्ध चेल्सीले पहिलो हाफमै ६ गोल गरेको थियो । दोस्रो हाफमा भने मात्र दुई गोल भएका हुन् ।

फराकिलो जितपछि चेल्सी ९ अंकसहित शीर्ष स्थानमा छ । लगातार तेस्रो जित निकालेका चेल्सीसँगै ६ क्लबको समान ९ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *