एट्लेटिको मड्रिडले स्पेनिस कोपा डेल रेको दोस्रो चरणमा प्रवेश गरेको छ ।

बिहिबार राती भिस मुन्सिपल रंगशालामा भएको खेलमा एट्लेटिको मड्रिडले घरेलु टोली भिसलाई २-० गोल अन्तरले पराजित गरेको हो । एट्लेटिकोलाई जित दिलाउन दुवै गोल जुलियन अल्भारेजले गरे ।

भिस खेलको अन्त्यतीर सम्हालिन सकेन । ८१ औं मिनेटमा अल्भारेजले पेनाल्टीमार्फत गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए ।

निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई सहज जित दिलाए । यस पटक उनले एन्जल कोरियाको पासलाई सदुपयोग गरे ।

यसैगरी ग्रानाडा, जिरोना, सेल्टा भिगो र स्पान्योलले पनि दोस्रो चरणको यात्रा तय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *