अल नासरले एएफसी च्याम्पियन्स लिग अन्तर्गत फराकिलो अन्तरले जित दर्ता गरेको छ ।
मंगलबार राती भएको खेलमा अल नासरले युएईको क्लब अल ऐनलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा टालिस्काले २ गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डो र वेस्लीले एक एक गोल गरेका थिए । त्यस्तै अल ऐनका फाबियो राफेलले एक गोल आत्मघाती गोल गरेका थिए ।
त्यस्तै अल ऐनका लागि एक गोल अल नासरका बेन्टोले आत्मघाती गोल गरेका थिए ।
जितसँगै अल नासरले ४ खेलमा १० अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै अल ऐनको भने ४ खेलमा एक अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।
