नेपाली टेनिस टोलीले बिली जिन किङ कप (एसिया-ओसिएना) मा सोमबार विजयी शुरूवात गरेको छ।

नेपालले पहिलो वरीयता प्राप्त कतारलाई २-१ ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य समेत रहेका टोली व्यवस्थापक अजय विष्टले जनाएका छन् ।

नेपालले मंगलबार दोश्रो वरीयता प्राप्त गुआमसंग खेल्ने छ ।

ग्रुप ३ को यो प्रतिस्पर्धामा नेपालबाट अभिलाषा विष्ट, सुनिरा थापा, स्वस्तिका विष्ट, प्रकृति श्रेष्ठ र प्राज्जा मानन्धर सहभागी छन् । सन्तोष खत्री प्रशिक्षकको जिम्मेवारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *