दक्षिण अफ्रिकाका फास्ट बलर केगिसो रबाडाले नौंलो इतिहास बनाएका छन् ।
रबाडाले टेष्ट क्रिकेटमा १२ हजार भन्दा कम बलमा ३०० टेष्ट विकेट लिएर नौलो कीर्तिमान बनाएका हुन् । रबाडाले बंगलादेशविरुद्ध शेरे बांगा नेशनल स्टेडियममा भएको पहिलो टेष्टमा यस्तो कीर्तिमान बनाएका हुन् ।
यसअघि पाकिस्तानका फास्ट बलर वकार युनिसले १२ हजार ६०२ बलमा ३०० टेष्ट विकेट लिएर कीर्तिमान स्थापित गरेका थिए । यो कीर्तिमानसँगै रबाडाले रातो बलमा ३०० विकेट पुरा गर्ने दक्षिण अफ्रिकाका छैठौ बलर समेत बन्न सफल भएका छन् ।
यो सूचीमा दक्षिण अफ्रिकाका डेन स्टेन, शान पोलक, मखाया एन्टिनी, एलन डोनाल्ड र मोर्ने मोर्कल रहेका छन् । कीर्तिमानी ३०० विकेट लिने क्रममा रबाडाले पहिलो टेष्टको पहिलो इनिङमा बंगलादेशका ३ खेलाडीको विकेट लिएका थिए । रबाडाको यो ६५ औं टेष्ट क्रिकेट हो ।
