मधेशमाथि चितवनको सहज जित

२०८१, १७ आश्विन बिहीबार ०७:२६

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा चितवन शक्तिले दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार चितवनले मधेश युनाइटेडलाई ३-१ को सेटमा पराजित गर्यो ।

सुरुआती दुई सेट २५-२०, २५-१९ ले आफ्नो पक्षमा पारेको चितवनले तेस्रो सेट १९-२५ ले गुमायो । चितवन चौथो सेटमा २५-२१ ले विजयी भयो ।

जितसँगै चितवनले तीन खेलमा ६ अंक जोडेको छ । तीनै खेलमा पराजित मधेश अंकविहिन छ ।

यसअघि गण्डकी थन्डर्सलाई पराजित गरेको चितवनले काठमाडौं स्पाइकर्ससँग हार ब्यहोरेको थियो । मधेश कर्णाली यश्विज र ललितपुर क्विन्ससँग पराजित भएको थियो ।

बुधबारै सम्पन्न खेलमा कर्णालीले ललितपुरलाई ३-० तथा काठमाडौंले गण्डकीलाई ३-१ को सेटमा पराजित गरे ।

इडब्लुभिएलमा बिहीवार पनि ३ खेल हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *