घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टी-२० क्रिकेटमा वेस्टइन्डिज बिजयी भएको छ ।
डमबुल्लामा आइतबार भएको खेलमा श्रीलंकालाई ५ विकेटले पराजित पराजित गर्दै तीन खेलको सिरिजमा वेस्टइन्डिजले १–० को अग्रता बनाएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धातिर ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो । जवाफमा ब्रान्डन किङ र इभिन लुइसको विस्फोटक सुरुवातले १०७ रनको ओपनिङ साझेदारी गर्दै श्रीलंकाले दिएको १८० रनको लक्ष्य सजिलै पूरा गर्न सफल भयो ।
यद्यपि श्रीलंकाका मिडिल ओभरका बलरहरूले केही समय वेस्ट इन्डिजमाथि दबाब बनाए पनि सहजै आफ्नो लक्ष्य हासिल गरेको थियो ।
किङले ३३ बलमा ६३ रन बनाए भने लुइसले २८ बलमा ५० रन बनाए । यी दुई खेलाडीको प्रदर्शनले वेस्ट इन्डिजले पावरप्लेमा नै ७४ रन जोडेको थियो । यसैगरी रोस्टन चेजले १९ रन बनाएका थिए । श्रीलंकाका मथिसा पाथिरानाले दुई विकेट लिए ।
श्रीलंकाको लागि कमिन्दु मेन्डिस र चरित असलंकाले अर्धशतक प्रहार गर्दै ८२ रनको महत्वपूर्ण साझेदारी गरे । तर वेस्ट इन्डिजका तीव्र बलरहरूले सुरुमै श्रीलंकाको शीर्षक्रमलाई ध्वस्त पार्दै खेलको नियन्त्रण आफ्नो पक्षमा ल्याए । शमार जोसेफ सबैभन्दा किफायती बलर साबित भए, जसले आफ्नो ४ ओभरमा मात्र २७ रन खर्चिए ।
रमन पेरियर र कुशल मेन्डिसको विकेट पतनले श्रीलंकालाई दबाबमा राख्यो । तर कमिन्दुले आफ्नो शानदार फर्मलाई जारी राख्दै ५० रन बनाए, र चरित असलंकाले ३५ बलमा ५९ रन बनाउँदै श्रीलंकालाई सम्मानजनक स्कोरमा पुर्याए ।
जीतसँगै वेस्टइन्डिज तीन खेलको सिरिजमा १-० ले अगाडि रहेको छ । वेस्टइन्डिजको टोली तीन खेलको टी–२० सिरिज र तीन खेलको एकदिवसीय सिरिज खेल्न श्रीलंका भ्रमणमा छ ।
