कर्णाली याश्विजकी जिनेप आउटून एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

शनिबार ललितपुर क्विन्सलाई ३-२ को सेटमा पराजित गर्दै कर्णाली च्याम्पियन बनेको थियो । कर्णालीलाई अपराजित रहँदै विजेता बनाउन टर्कीकी आउटसाइड हिटर जिनेपले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

जिनेपले २० हजार रुपैयाँ प्राप्त गरिन् । ६ खेलमा उनी फाइनलसहित दुई पटक ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

लिगको च्याम्पियन टोली कर्णालीले ७ लाख तथा उपविजेता ललितपुरले नेपाली रुपैया ३ लाख प्राप्त गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *