एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिए) मा काठमाडौं स्पाइकर्सले लगतार दोस्रो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार काठमाडौंले गण्डकी थन्डर्सलाई ३-१ को सेटमा पराजित गर्यो ।

प्रतिस्पर्धात्मक पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो सेट २५-१९ ले गुमायो । त्यसपछिका दुई सेटमा काठमाडौं २५-२१, २५-१८ ले विजयी भयो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको काठमाडौं दोस्रो स्थानमा उक्लिएको छ । तीनै खेलमा पराजित गण्डकी एक अंकका साथ पाँचौं स्थानमा छ ।

यसअघि ललितपुर क्विन्ससँग पराजित भएको काठमाडौंले चितवन शक्तिलाई हराएको थियो ।

यता गण्डकीले चितवनसँग र कर्णाली यश्विजसँग हार ब्यहोरेको थियो ।

बुधबारै सम्पन्न खेलमा कर्णालीले ललितपुरलाई ३-० को सोझो सेटमा पराजित गर्यो । आजको तेस्रो खेल चितवन शक्ति र मधेश युनाइटेडबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *