विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हासिल गरेको छ।
माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा मंगलबार ताजिकस्तानको डाइमेड भलिबललाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले अपराजित यात्रा तेस्रो खेलसम्म लम्बाएको हो।
पुलिसले आइतबार उज्बेकिस्तानको हुमो क्लब भलिबल र सोमबार श्रीलंकाको श्रीलंका एयर फोर्सलाई यही नतिजाले पराजित गरेको थियो। योसँगै पुलिसले तीन खेलबाट ९ अंक जोडेको छ।
डाइमेडले पुलिसलाई कुनै पनि सेटमा टक्कर दिन सकेन। पहिलो सेट २५-१५ ले जितेको पुलिसले त्यसपछिका दुई सेट पनि सहजै आफ्नो पक्षमा बनायो। दोस्रो सेट २५-१२ ले पुलिसले जितेको थियो। तेस्रो तथा अन्तिम सेट २५-१५ ले आफ्नो बनायो।
नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो । लिगको पुलिसले बिहीवार माल्दिभ्सको क्लब तथा शुक्रबार समूह चरणको अन्तिम खेल खेल्नेछ ।
