नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल सम्मिलित टोरोन्टो नेसनल्सले क्यानडाको ग्लोबल टी-२० लिगमा लज्जास्पद हार बेहोरेको छ । सोमबार राति भएको खेलमा टोरोन्टो नेसनल्स मोन्ट्रियल टाइगर्ससँग ७ विकेटले पराजित भएको हो ।

जितको लागि ५६ रनको पछ्याएको मोन्ट्रियलले ११.३ ओभरमा ३ विकेटको क्षतिमा जित निकालेको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको टोरोन्टोले ११.१ ओभरमा अलआउट हुँदा मात्र ५२ रन बनाएको थियो । टोरोन्टोको लागि जतिन्द्रपाल मथारुले १२ रन बनाउँदा कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

रोहित भने बेन्चमा रहेका थिए ।

जितसँगै मोन्ट्रियल ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै दोस्रो स्थानमा रहेको रोहितको टिम टोरोन्टो भने ७ अंकसहित चौथो स्थानमा झरेको छ । नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीको टिम भ्यानकुभर नाइट्सभने तीन अंकसहित तालिकाको पुछारमा छ ।

रोहित सम्मिलित टोरोन्टोले हारका बाबजुद प्लेअफमा स्थान पक्का गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *