एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ लायन्स कर्पोरेट सोसियल अवार्डबाट सम्मानित भएकी छिन् ।

लायन्स इन्टरनेसनलले शनिबार आयोजना गरेको कार्यक्रममा खेलकुदबाट एरिकासहित अलग क्षेत्रका व्यक्तित्वहरु एकैथलोमा सम्मानित भएका हुन् ।

एरिकालाई इलेक्ट्रिक स्कुटर प्रदान गरिएको थियो ।

एरिकाले गत वर्ष चीनको हाङजाउमा भएको १९ औं एसियाली खेलकुदमा एरिकाले ६८ केजी तौल समूहमा रजत पदक जितेकी थिइन् । नेपाली करातेमा त्यो अहिलेसम्मको ठूलो सफलता हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *