साउथ एशियन करातेमा नेपाल प्रथम

२०८१, ४ श्रावण शुक्रबार २०:५९

भुटानको थिम्पुमा भएको ८ औ साउथ एशियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण २० रजत र ११ कास्यसहित कुल ६२ पदकसहित टिम प्रथम भएको छ ।

त्यसैगरि भारत २७ स्वर्ण २० रजत र १३ कास्य सहित टिम दोश्रो, श्रीलंका ५ स्वर्ण १८ रजत र ३१ कास्य सहित टिम तेश्रो, आयोजक भुटान ले ५ रजत र ३७ कास्य पदक सहित चौथो स्थान भएको भुटानको थिम्पुवाट नेपाल कराते महासंघका मिडिया कोअर्डिनेटर गजेन्द्र वहादुर खपाङ‌गीले जानकारी गराए ।

प्रतियोगिताको अन्तिम दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरुमा पुरुष क्याडेट तर्फ – ५२ किलोमा समन श्रेष्ठ, ६३ किलोमा साहिल राई, जुनियर तर्फ – ६८ किलोमा निशान तामाङ्ग, त्यसैगरि यु-२१,-८४ किलोमा गौरव नेपाल, +८४ किलोमा आशिष श्रेष्ठ, पुरुष कै सिनियर तर्फ – ५५ किलोमा एलोन श्रेष्ठ, ६७ किलोमा सन्तोष श्रेष्ठ,, -८४ किलोमा मोहम्मद सेखु आलम र +८४ किलोमा विप्लब लाल श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए ।

त्यसैगरि स्वर्ण पदक हात पारेको नेपाल कराते महासंघका मिडिया कोअर्डिनेटर गजेन्द्र वहादुर खपाङ‌गीले जानकारी गराउनुभयो । क्याडेटको महिला तर्फ – ४२ किलोमा वर्षा राई,-४७ किलोमा प्रोसिया चौधरी, – ६१ किलोमा मनिषा कुमारी बोहरा, महिला तर्फकै जुनियर – ४२ किलोमा सुस्मिता वाईवा,-५३ किलोमा समिक्षा ढुङ्गाना, यु-२१ को -४५ किलोमा प्रियन्का शाही, – ५० किलोमा अन्जली महर्जन, र-५५ किलोमा जिया कार्कीले स्वर्ण दिलाए । त्यसैगरि महिला सिनियर तर्फ – ४५ किलोमा वर्षा बुढा मगर,-६१ किलोमा निरुपा तामाङग र + ६८ किलोमा १९ औ एशियाडकी रजत पदक बिजेता एरिका गुरुङ्ग ले नेपाललाई स्वर्ण पदम दिलाईन ।

त्यसैगरि महिला तर्फकै टिम कुमितेमा नेपालले पहिलो स्थान हाशिल गर्न सफल भए भने पुरु तर्फको टिम कुमितेमा दोश्रो स्थानमा चित्त बुझाए ।

बिजेता खेलाडी तथा टिमलाई समापन समारोहका प्रमुख अतिथि भुटानका राजकुमार जिगेल उग्येन वाङचुक, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, दक्षिण एशियाली कराते महासंघका अध्यक्ष भरत शर्मा, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, भुटान कराते महासंघका अध्यक्ष दावा ल्हाम, नेपाल कराते महासंघका महासचिव दावा गुरुङ्ग लगायतले पुरस्कार वितरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *