एन्फा महिला लिगको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका भिड्ने भएका छन्। लिग आगामी भदौ १६ गतेदेखि सुरु हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार खेल तालिका सार्वजनिक गरेको हो ।
कोशी सुर्खेतमा वैशाख ७-२० गतेसम्म भएको छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहेर लिगमा आइपुगेको हो । वालिङले भने गत संस्करण लिग खेलेको थियो ।
प्रतियोगितामा तीन विभागीय क्लब एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सहभागिता जनाउने छन् । यस्तै, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा एफसी र वाग्मती युवा क्लब गरी १० टोलीको सहभागिता रहनेछ ।
