विराटनगरकी सुस्मिता लेप्चाले काठमाडौंमा सम्पन्न ‘अक्स क्लासिक, किङ अफ दि रिङ’ पावर लिफ्टिङ प्रतियोगितामा कांस्य पदक जितेकी छिन् ।
यु ६३ क्याटेगोरीमा ६६.२० अंक हासिल गर्दै लेप्चाले तेस्रो स्थान हासिल गरिन् । यो विराटनगरको तर्फबाट महिला पावर लिफ्टिङमा प्राप्त पहिलो पदक हो ।
अर्बन स्पोर्ट्सको प्रतिनिधित्व गरेकी लेप्चालाई संस्थाका प्रमोटर कपिल अग्रवालले सम्मान गरे । कार्यक्रममा बोल्दै लेप्चाले विराटनगरको लागि यो उपलब्धि हासिल गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।
