पेरिस ओलिम्पिक-२०२४ को छैटौं दिन चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबारदेखि सुरु भएको प्रतियोगितामा बिहीबारको खेल जारी रहँदा चीन नौ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । चीनले सात रजत र तीन काश्यसहित कुल १९ पदक जितेको छ ।
चीनलाई पछ्याइरहेको फ्रान्स आठ स्वर्णसहित दोस्रो स्थानमा छ । फ्रान्सले १० रजत र आठ काश्यसहित कुल २६ पदक जितेको छ । तेस्रो स्थानको जापानले पनि आठ स्वर्ण जितेको छ । जापानले तीन रजत र चार काश्यसहित १५ पदक जितेको छ ।
चौथो स्थानको अस्ट्रेलियाले सात स्वर्ण, ६ रजत र तीन काश्यसहित १६ पदक जितेको छ । पाँचौ स्थानको ब्रिटेनले ६ स्वर्ण, ६ रजत र पाँच काश्य जितेको छ ।
सातौं स्थानको दक्षिण कोरियाले पनि ६ स्वर्ण जितेको छ । कुल १२ पदक जितेको दक्षिण कोरियाले तीन रजत र तीन काश्य जितेको छ ।
यो सूचीको सातौँ स्थानमा अमेरिका छ । अमेरिकाले पाँच स्वर्ण, १३ रजत र ३० काश्य जितेको छ । यस्तै, आठौँ स्थानको इटालीले तीन स्वर्ण, ६ रजत र चार काश्यसहित १३ पदक जितेको छ । नवौँ र १०औं स्थानमा क्यानडा र जर्मनी छन् । क्यानडाले दुई स्वर्ण, दुई रजत र तीन काश्यसहित सात पदक जितेको छ । जर्मनीले पनि दुई स्वर्ण, दुई रजत र दुई काश्यसहित ६ पदक जितेको छ ।
प्रतियोगिताको छैटौँ दिनसम्म कुल २८ देशले स्वर्ण जितेका छन् । यस्तै, २५ देशले रजत र ३६ देशले काश्य पदक जितेका छन् ।
पेरिस ओलम्पिकमा २०६ राष्ट्रका करिब १० हजार ५०० खेलाडीले ३२९ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।
