काभा भलिबलमा नेपालको बिजयी सुरुवात

२०८१, १७ श्रावण बिहीबार १६:५४

काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले बिजयी सुरूवात गरेको छ।

बिहीबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा सुरू भएको प्रतियोगिता नेपालले श्रीलंकामाथि ३-० को सोझो सेटमा जित निकालेको हो।

पहिलो सेट २५-१९ ले जितेको नेपालले दोस्रो सेटमा २५-१८ अंकले विजयी भयो । तेस्रो सेटमा पनि २५-१९ को ले जितेपछि नेपालले खेल ३-० को सोझो सेटमा आफ्नो पक्षमा पार्यो।

नेपालले दोस्रो खेलमा भारतसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।

नेपाल, इरान, श्रीलंका, भारत र माल्दिभ्स गरी पाँच टोली सुरुमा एकआपासमा भिड्नेछन्। प्रत्येक दिन दुई खेल हुनेछ। सेमिफाइनल अगस्ट ६ र फाइनल खेल अगस्ट ७ मा हुनेछ।

लिग चरणमा पुछारको पाँचौं स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछ। शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउँनेछन्।

अगस्ट ६ मा लिगको शीर्ष स्थानको टोली र चौथो स्थानमा रहने टोलीबीच तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच सेमिफाइनल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *