नेपालमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनल पुग्ने टोलीको टुंंगो लागेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेसँँगै सेमिफाइनलमा पुग्ने टोलीको टुंंगो लागेको हो ।

जारी प्रतियोगितामा श्रीलंंकाको पहिलो जित हो ।

श्रीलंका सहित आयोजक नेपाल, भारत र इरानले सेमिफाइनलमा स्थान बनाएका छन् भने माल्दिभ्सले भने एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । 

शीर्षस्थानको‌ भारतको ७, इरान र नेपाल समान ५ र श्रीलंकाको ४ अंक छ । लिगको शीर्ष र चौथो टोली तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ ।

प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो खेलमा नेपालले इरानको सामना गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *