काभा महिला नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा नेपालले इरानलाई २५-२१, २८-२६ र २५-२० ले हराएको हो ।
नेपालले बुधबार उपाधिका लागि भारतको सामना गर्नेछ ।
मंगलबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ ।
बुधबार नै तेस्रो स्थानका लागि इरान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।
