फ्रान्सेली क्लब मार्सेलीले प्रिमियर लिग क्लब टोटनह्यामका मिडफिल्डर पियरे एमिल होइबर्गलाई लोनमा अनुबन्ध गरेको छ ।

२८ वर्षीय डेनमार्कका मिडरफिल्डर होइबर्गलाई लोनमा भित्र्याउने मार्सेलीले सहमति जनाएको हो ।

दुवै क्लबले सोमबार सम्झौताको घोषणा गरेका हुन्। मार्सेलीले अर्को वर्ष सम्झौता स्थायी बनाउन २० मिलियन युरो (२१.८ मिलियन अमेरिकी डलर) तिर्नेछ।

सन् २०२० को अगस्टमा साउथह्याम्पटनबाट उनी टोटनह्याम पुगेका थिए। टोटनह्यामका लागि उनले प्रिमियर लिगमा १४३ खेल खेले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *