नेपाली टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएका छन् । पेरिस एक्पो पोर्ट डे भर्सेल्समा शनिबार स्यान्टु सेनेगलका इब्राहिम डियावसँग ४-० को सेटमा पराजित भए ।

स्यान्टुले खेल १०-१२, ३-११, ४-११, ५-११ ले गुमाए ।

सन् १९६४ बाट ओलम्पिकमा भाग लिन सुरु गरेको नेपालका लागि छनोट चरण पार गरेर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो खेलाडी हुने ।

उनले ओलम्पिकका लागि दक्षिण एसियाली छनोटमा नेपालकै संयोग कपालीलाई पराजित गरेका थिए ।

यसअघि संगिना वैधले सन् २००४ को एथेन्स र दीपक विष्टले सन् २००८ को बेइजिङ ओलमिपकमा छनोट चरण पार गरेर सहभागिता जनाएका थिए । दुवै तेक्वान्दोबाट छनोट भएका थिए ।

यसैगरि समूह ‘पी’ मा रहेका ब्याडमिन्टन स्टार प्रिन्स दाहालले आज नै पहिलो खेलमा विश्व नम्बर दुई डेनमार्कका भिक्टर एक्सेल्सनको सामना गर्नेछन् ।

यो खेल नेपाली समयअनुसार राति १२ः ५५ मा सुरु हुनेछ । प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने अवसर पाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *