१-१ को बराबरीमा रोकिए पनि कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनल प्रवेश गरेका छन् ।
अमेरिकाको लेभिस रंगशालामा बुधबार ब्राजिलका लागि राफिन्हा र कोलम्बियाका लागि ड्यानियल मुनोजले गोल गरे ।

यो नतिजासँगै तीन खेलमा सात अंक जोडेको कोलम्बिया समूह ‘डी’ को शीर्ष स्थानमा रह्यो । ब्राजिल समान खेलबाट पाँच अंकका साथ उपविजेताका रूपमा अगाडि बढ्यो ।
क्वार्टरफाइनलमा कोलम्बियाले पानामा तथा ब्राजिलले उरुग्वेको सामना गर्नेछन् ।
यही समूहको अर्को खेममा कोस्टारिकाले पाराग्वेविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो ।

