काभा यु-२० महिला भलिबल च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ।

माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा शनिबार सम्पन्न खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

पहिलो सेट २५-१६, दोस्रो सेट २५-९ र तेस्रो सेट २५-१० ले सहज जित हसिल गर्यो। यो सँगै जारी प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ।

यसअघिक दुई खेलमा पराजित नेपालले यो जितसँगै अब फाइनल प्रवेशको लागि राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली तथा लिगको दोस्रो र तेस्रो हुने टोलीबीच सेमिफाइनल खेल हुनेछ।

च्याम्पियनसिपमा आयोजक माल्दिभ्स र नेपालसहित चार राष्ट्र किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *