पेरिस ओलम्पिक्समा खेल्न अस्ट्रेलियाका एक हक्की खेलाडीले आफ्नो औंला काटेका छन्। दुई साताअघि अभ्यासका क्रममा म्याट डसनको दायाँ हातको एउटा औंला भाँचिएको थियो। सर्जरी गरेर निको पार्न यसलाई महिनौँ लाग्ने भयो।

त्यसैले यी ३० वर्षीय खेलाडीले आँख्लाभन्दा माथि औंला काट्ने निर्णय लिए। तेस्रोपटक ओलम्पिक्स खेल्न लागेका उनको निर्णयले टोलीका सहखेलाडी र प्रशिक्षकलाई समेत चकित तुल्याएको छ।

शनिबार उनले ओलम्पिक्समा अर्जेन्टिनासँग खेल्नेछन्। घाइते भएको ठिक १६ दिनपछि। डसनले सञ्चारमाध्यमलाई बताएअनुसार उनको औंला यति नराम्ररी भाँचिएको थियो, त्यो देखेर उनी बेहोस भएका थिए। आफ्नो ओलम्पिक्स सपना समाप्त भएको उनले ठानेका थिए।

लगत्तै उनले प्लास्टिक सर्जनसँग सल्लाह गरे। लामो समयपछि निको हुँदा पनि औंलाले राम्ररी काम गर्न नसक्ने देखिएको उनको छ। तर, औंला काटे १० दिनमा ठिक हुने सुझाव ती सर्जनले दिए। पत्नीले हतारमा केही नगर्न सुझाव दिए पनि उनले त्यही दिन औंला काट्ने निर्णय गरेका थिए।

२०१८ मा कमनवेल्थ गेम्सअघि पनि उनले हक्की स्टिकले लागेर झण्डै एउटा आँखा गुमाएका गुमाएका थिए। तैपनि उनको टोलीले स्वर्णपदक जितेको थियो। टोकियो ओलम्पिक्समा पनि अस्ट्रेलियाले रजत पदक जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *