नवौं संस्करणको एसीसी महिला एसिया कपमा सहभागि हुन श्रीलंका पुगेको नेपाली महिला क्रिकेट टोलीले पहिलो अभ्यास खेल खेल्दैछ।
नेपाली टोलीले पहिलो अभ्यास खेलमा श्रीलंका डेभलवमेन्ट एघार सँग खेल्न लागेको हो। बिहान सवा १० बजेदेखि सुरु भएको खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।
नवौं संस्करणको एसिया कप आगामी जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुदैछ। त्यसअघि नेपालले तीन अभ्यास खेल खेल्नेछ।
यस संस्करणको प्रतियोगितामा आठ टोलीको सहभागीता छ। सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
नेपाल समूह ए मा छ। यस समूहमा नेपाल, भारत, पाकिस्तान र युएई छन्। युएईसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्ने छ।
प्रतियोगिताको समूह बी मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन्। हरेक समूहका शीर्ष दुई राष्ट्रले सेमिफाइनलमा स्थान बनाउँनेछन्। सेमिफाइनलका दुवै खेल २६ जुलाईमा हुनेछ। दुवै सेमिफाइलका विजेताबीच २८ जुलाइमा फाइनल खेल हुनेछ।
