संस्कार श्रेष्ठ र इनुशा आचार्यले पारा तथा विशेष खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडोमा शनिबार स्वर्ण पदक जितेका छन् । बहिरातर्फ २०-२५ केजी तौल समूहको पुरुषमा संस्कार र महिलामा इनुशा पहिलो भए ।

बहिरातर्फ नै महिला ३०-३५ केजीमा अञ्जली तामाङ, ३५-४० केजीमा निताकुमारी यादव, ४०-४५ केजीमा आरती शाह, ४५-५० केजीमा विपना पुन, ५०-५५ केजीमा सुष्मा थापा र ५५ केजीमाथिको स्पर्धामा प्रेरणा विकले स्वर्ण पदक जितका छन् । पुरुष ५० केजीमा क्षितिज ठगुन्ना र ५५ केजीमा ऋषिमणि शर्माले स्वर्ण चुमे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको दृष्टिविहीनतर्फ पुरुष १९-२५ केजीमा सार्थक तामाङ, २६-३२ केजीमा जीवन जैशी, ४०-४५ केजीमा अभिकराज वज्राचार्य र ६०-६५ केजीमा गिल्याक ग्याल्सनले स्वर्ण पदक हासिल गरेका छन् ।

विजेतालाई राखेपकी सदस्य अञ्जना श्रेष्ठ, नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका अध्यक्ष रमेश महर्जन, वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले पुरस्कृत गरे । सो अवसरमा पेरिस ओलम्पिकको जुडोमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी मनीता श्रेष्ठ प्रधानलाई सम्मान गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको व्यवस्थापनमा भएको प्रतियोगिताको बहिरातर्फ ३४ खेलाडीले १० तथा दृष्टिविहीनतर्फ १८ खेलाडीले पाँच स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *