नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग गर्ने भएको छ ।
क्यानको बैठकले आगामी नोभेम्बर-डिसेम्बर (कात्तिक-मंसिर) मा नेपाल प्रिमियर लिग गर्ने निर्णय गरेको सचिव पारस खड्काले जानकारी दिए ।
लिग आयोजना गर्ने निर्णय भए पनि मिति भने तय भइसकेको छैन । प्रतियोगिताको मिति पछि तय गरिने सचिव खड्काले बताए ।
