श्रीलंकाका पूर्व अण्डर-१९ कप्तान धम्मिका निरोशनको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका छन् । धम्मिकालाई उनकै घरमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका हुन् ।
सन् २००० मा अण्डर-१९ टीम डेब्यू गरेका धम्मिकाले २००२ सम्म उक्त टोलीको कप्तानी गरेका थिए । तर उनी श्रीलंकाको राष्ट्रिय टोलीमा पर्न भने असफल भएका थिए । उनले अण्डर-१९ मा बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
४१ वर्षिय धम्मिकाले सन २००४ मा क्रिकेटका सवै प्रारुपवाट सन्यास लिएका थिए। उनको हत्यापछि अहिले प्रहरीले अपराधिलाई पक्राउ गर्न विशेष जाँच समितिको गठन गरेको छ।
