चौधरी ग्रुपको वाईवाई चाउचाउले गत महिना सम्पन्न टि-२० विश्वकप खेलाडीलाई प्रोत्साहन स्वरुप एकमुष्ट १० लाख रुपैयाँ उपलब्ध गाएको छ। पूर्व घोषणा अनुसार वाईवाईले एक कार्यक्रमबीच बुधबार नेपाल क्रिकेट संघलाई सो रकम हस्तान्तरण गरेको छ।

वाईवाईले विश्वकपमा शतक प्रहार गर्ने नेपाली खेलाडीलाई एक लाख, प्रत्येक जितमा एक लाख ५० हजार र अर्धशतकमा ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो ।

यस्तै प्रत्येक विकेटमा १५ हजार, हरेक छक्कामा १२ हजार, हरेक चौका ८ हजार र हरेक रनमा एक हजार रुपैयाँ वाइवाइले प्रदान गर्ने घोषणा गरेको थियो ।

पूर्व घोषणा बमोजिम सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाको २ लाख १६ हजार, छक्काको १ लाख ८ हजार गरी ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार थप गरी क्यानलाई हस्तान्तरण गरेको हो।

सो अवारमा क्यान सचिव पारस खड्का, खेलाडीहरु सन्दीप लामिछाने, कुशल भुर्तेल, सन्दीप जोरा, ललित राजवंशी, गुल्सन झा, कलमसिंह ऐरी लगायत उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *