जिम्बावेविरुद्धको टि-२० सिरिज भारतले जितेको छ ।

जिम्बावेको हरारे स्पोर्टस क्लबमा आज भएको चौथो खेलमा घरेलुटोलीमाथि १० विकेटको जित निकाल्दै पाहुना टोली भारतले एक खेल अगावै पाँच खेलको सिरिज ३-१ ले जितेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । जिम्बावेले दिएको १५३ रनको लक्ष्य भारतले १५.२ ओभरमा विना विकेटको क्षतिमा भेटायो ।

पहिलो खेलमा जिम्बावेले १३ रनको जित निकालेको भएपनि त्यसयताका तीन खेलमा भारतले लगातार जित निकालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *