जिम्बावे विरुद्धको तेस्रो टी-२० क्रिकेटमा भारत बिजयी भएको छ ।

बुधवार साँझ भएको खेलमा भारतले जिम्बाबेमाथि २३ रनको जित निकालेको हो । जितकालागि भारतले दिएको १८४ रनको लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो ।

उसकालागि डायन मायर्सले सर्वाधिक ६५ रनको योगदान गरे । क्लाइभ मडान्डेले अविजित ३७ , कप्तान सिकन्दर राजाले १५ तथा तडिवानासे मरुमणिले १३ रन जोडे पनि अन्य खेलाडीले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् ।

त्यसअघि जिम्बावेको हरारे स्पोर्टस् क्लबमा टस जितेर पहिले ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । भारतकालागि कप्तान शुभमन गिलले सर्वाधिक ६६ रनको योगदान गरे ।

रुतुराज गायकवाडले ४९ तथा यशस्वी जैशवालले ३६ रन जोडे । जितसंगै भारतले पाँच खेलको श्रृखंलामा २-१ को अग्रता बनाएको छ । पहिलो खेलमा जिम्बावेले भारतलाई १३ रनले हराएको थियो भने दोस्रो खेलमा भारतले जिम्बावेलाई १०० रनले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *