नेपाल क्रिकेट संघ (क्यान) ले महिला टोलीकी सदस्य अप्सरी बेगमलाई निलम्बन गरेको छ।
महिला टी२० एसिया कपको बन्द प्रशिक्षणका दौरान राष्ट्रिय महिला टोलीका टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरी संघको आचारसंहिता उल्लंघन गरेको क्यानको आरोप छ।
बिहीबार र शुक्रबार बसेको क्यान केन्द्रिय समितिको बैठकले अप्सरीमाथि थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गर्यो।
